एनआईसी एशिया बैंकद्धारा बीमा दाबी भुक्तानी

काठमाडौं - एनआईसी एशिया बैंकले निक्षेप योजना अन्तर्गत “प्रिमियम समुन्नती बचत खाता” खोलि दुर्घटनामा परेका ग्राहकलाई दुर्घटना बीमा बापत दाबी भुक्तानी गरेको छ । बैंकले कार्तिक २० गते दुर्घटनामा परि असामयिक निधन भएका स्वर्गीय राज कृष्ण श्रेष्ठको हकवाला छोरा रजत कृष्ण श्रेष्ठलाई क्षतिपुर्ति बापतको पाँच लाखको चेक बैंकले हस्तानतरण गरेको छ ।

उक्त चेक बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठीबाट पौष २६ गते बैंकको केन्द्रिय कार्यालयमा हस्तानतरण गरेको हो । कार्यक्रममा बैंकका प्रमुख बजार व्यवस्थापन हभिकृत राठीले बैंकको निक्षेप योजनाको क्षतिपुर्ति रकम खातावालको परिवारको चोटमा सानो भएपनि मलम लगाउन पाएकोमा आफु भावबिव्हल भएको जानकारी गराए ।

हाल बैंकले मुलुकभर २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदान गर्दै हाएको छ । बैंकको वासलातको आकार २१६ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १६९ अर्ब तथा कर्जा १४७ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म बैंकमा ग्राहकको संख्या करिब १४ लाख रहेको छ ।
प्रकाशित मिति : Friday, January 11, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal