×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनआईसी एशिया बैंकको ‘सीएसआर’: जिल्ला प्रहरी कार्यालय सुनसरीलाई ब्यारीकेड तथा प्रहरी चेकिङ्ग बोर्ड हस्तान्तरण

काठमाडौँ – एनआईसी एशिया बैंकले जिल्ला प्रहरी कार्यलय सुनसरीलाई ब्यारीकेड तथा चेकिङ हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी कार्यालय सुनसरीलाई सचेतनात्मक सुचनाहरु सहितका १४ थान रोड ब्यारीकेडहरु एवं १४ थान प्रहरी चेकिङ बोर्ड हस्तान्तरण गरेको हो । बैंकका उपप्रादेशिक कार्यालय कोशीका प्रमुख लक्ष्मण चालिसेले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई हस्तान्तरण गरेका हुन् ।
बैंकले मुलुकभर फैलिएको आफ्नो २७५ वटा शाखा कार्यालयहरु मार्फत देशका विभिन्न स्थानहरुमा सामाजिक कार्यहरुमा सहयोग गर्दै आईरहेको छ । भविष्यमा पनि निरन्तर यसरी नै सामाजिक कार्यहरुमा सहयोग गरिरहने प्रतिबद्धता बैंकले जनाएको छ । 
हाल बैंकले मुलुकभर २७५ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्स्टेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ मार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार २१६ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १७५ अर्ब तथा कुल कर्जा करिब १४९ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक बन्न सफल भएको छ । 
हालसम्म बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: