×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनएमबि बैंक र वन टु वाचबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु

काठमाडौं – एनएमबि बैंक र वन टु वाच बीच वन टू वाचका लगानी कम्पनीहरूका लागि ब्रिज फाइनान्सिङ्ग व्यवस्था सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के. सी. र वन टू वाचका प्रबन्ध निर्देशक विलियम ग्रिमिङ्कबीच एनएमबि बैंकको केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौंमा आयोजित कार्यक्रममा यस सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
सम्झौता अनुसार दुवै हस्ताक्षरकर्ता निकायहरूले ब्रिज फाइनान्सिङ्ग अन्तर्गत विदेशी लगानीको प्रतिक्षा गरिरहेका कम्पनीहरूको तत्कालीन वित्तीय आवश्यकता पूरा गर्ने दिशामा सहकार्य गर्नेछन् ।
वन टु वाचले लगानी अवसर सम्भावना रहेका कम्पनीहरूको पहिचान गर्ने तथा उनीहरूलाई विदेशी लगानीकर्ताहरूबाट लगानीका लागि सम्पर्क सञ्जाल उपलब्ध गराउने भूमिका निर्वाह गर्नेछ ।
एनएमबि बैंकले वन टु वाचका लगानी कम्पनीहरूलाई तिनले विदेशीलगानीको स्वीकृति नपाउन्जेलसम्मको अन्तरिम अवधिमा ब्रिज फाइनान्सिङ्ग उपलब्ध गराउने छ ।
यस सहकार्यका माध्यमबाट एनएमबि बैंक र वन टु वाचले विदेशीलगानी ल्याउने क्रममाआवश्यक नियमनकारी निकायको स्वीकृतिको चरणमा रहेका कम्पनिहरुलाई आवश्यक पर्ने अल्पकालीन वित्तीय अभाव पूरिपूर्ति गर्ने लक्ष्य लिएका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: