×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनएमबि बैंकको २३ औं वार्षिक साधारण सभा सम्पन्न, ३०% लाभांश दिने प्रस्ताव स्विकृत

काठमाडौँ – एनएमबि बैंक लिमिटेडले आफ्नो २३ औँ वार्षिक साधारण सभा बिहीबार आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको अध्यक्षतामा सम्पन्न गरेको छ ।
साधारण सभाले एनएमबि बैंकको आर्थिक वर्ष २०७४÷७५ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र २० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ । 
बैंकको उपरोक्त वोनश शेयर पश्चात चुक्ता पूँजी रु. ९ अर्ब ६१ करोड ८१ लाख पुग्नेछ । हाल बैंकले ११० वटा शाखा, ४ एक्स्टेन्सन काउन्टर तथा ९७ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: