×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एनएमबि माइक्रोफाइनान्सको खुद नाफा ४३.१८% वृद्धि, खुद ब्याज आम्दानी कति ?

काठमाडौं : एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । एनएमबि माइक्रोफाइनान्सको खुद नाफा ४३.१८% वृद्धि गरेर १ करोड ३ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । गत वर्ष संस्थालेले १ करोड ८१ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
त्यस्तै गरि संस्थाको खुद ब्याज आम्दानी १०.३३% ले वृद्धि भएको छ । संस्थाको खुद ब्याज आम्दानी ८ करोड ११ लाख ३३ हजार रुपैयाँले बढाएर ८ करोड ९५ लाख १५ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफामा भने १ करोड ५६ लाख ७९ हजार रुपैयाँ आर्जन गरेको छ । 
संस्थाले निक्षेप संकलन ८६ करोड ४४ लाख ५ हजार रुपैयाँ गरेको छ भने  २ अर्ब ४५ करोड ४९ लाख २२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।संस्थाको जगेडा कोषमा ९ करोड ७० लाख १७ हजार रुपैयाँ छ । संस्थाको खराब कर्जा २.८९% पुगेको छ भने प्रतिसेयर आम्दानी १२ रुपैयाँ ७४ पैसा र प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ८८ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: