×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राष्ट्र बैंकको नयाँ व्यवस्था : अव सञ्चालक र सहायक सीइओलाई पनि लाग्ने भो ‘कुलिङ’ ! (राष्ट्र बैंकको पत्रसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपाल राष्ट्र बैंकले बैंकहरुको सहायक सीईओ र संचालकहरुलाई पनि कुलिङ पिरियड लगाएको छ । एक निर्देशन जारी गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था ल्याएको हो । राष्ट्र बैंकले ल्याएको नयाँ व्यवस्था अनुसार अव एउटा कम्पनीको संचालकबाट हटेको ६ महिना नपुग्दासम्म अर्को कम्पनी संचालक नियुक्त हुन पाउने छैनन् भने पदावधि नसकिदै हटेका संचालक सोहि कार्यकालमा सोहि कम्पनीमा संचालक समेत हुन पाउने छैनन् । 
यता प्रमुख कार्यकारी अधिकृत जुनसुकै कारणबाट हटेमा त्यस्तो व्यक्ति पुन: सोहि कार्यकाल वा ६ महिनामध्ये जुन बढी हुन्छ त्यस अवधि व्यतित नगरी कुनै पनि हैसियतमा काम गर्न नपाउने भएको छ। 
बाणिज्य बैंकका सहायक सीईओहरुले पनि सेवाबाट हटेको ६ महिना नपुगेसम्म अन्य संस्थामा सहायक सीईओ कै रुपमा नियुक्त लिन पाउने छैन । समस्याग्रस्त घोषणा गरिएका संस्थाहरुको हकमा भने समस्याग्रस्तबाट हटेको २ बर्षसम्म यो ब्यवस्थामा छुट दिएको छ।
यस्तो छ नयाँ ब्यबस्था : 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: