नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा ७.९२% ले वृद्धि हुँदा अन्य सुचकको कस्तो छ अवस्था ?

काठमाडौं - नेपाल इन्भेष्टमेन्ट बैंकले आर्थिक वर्ष२०७५/७६को दोस्रो त्रैमासको वित्तिय विवरण सार्बजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा ७.९२% ले वृद्धि गरेर १ अर्ब ९७ करोड ५५ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यसै अवधिमा बैंकको खुद नाफा १ अर्ब ८३ करोड ४ लाख ८५ हजार रहेको थियो ।

बैंकले खुद ब्याज आम्दानी २३.३६% ले वृद्धि गरि ३ अर्ब ३१ करोड ३२ लाख ३५ हजार रुपैयाँ पुर्याएको छ भनेसञ्चालन नाफा १२.६२% ले बढाएर ४ अर्ब ३६ करोड ९९ लाख ९३ हजार पुर्याएको छ । गत वर्ष बैंकको सञ्चालन नाफा ३ अर्ब ७५ करोड ३३ लाख ३७ हजार रहेको थियो ।

यस त्रैमाससम्म आउँदा बैंकले १ खर्ब ४२ अर्ब १० करोड रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब २७ अर्ब ४१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यता बैंकको चुक्ता पुँजी १२ अर्ब ५८ करोड ९९ लाख ७ हजार रुपैयाँ रहेको छ। जगेडा कोषमा  ११ अर्ब ९७ करोड ७४ लाख ३ हजार रुपैयाँ जम्मा भएको छ ।

बैंकको खराब कर्जा अनुपात २.०४% रहेको छ भने प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ९९ पैसामा र प्रतिसेयर नेटवर्थ १९५ रुपैयाँ १३ पैसा रहेको छ ।
प्रकाशित : Tuesday, January 29, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal