×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंकले २२% नगद लाभांश सेयरधनीको खातामा पठायो, नपाएकाले के गर्ने ?

काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैंकले २२% नगद लाभांश सम्बन्धित सेयरधनीको खातामा जम्मा गरिदिएको छ । बैंकले पुस २६ गतेसम्म डिम्याट खातामा बैंक खाता अध्यावधिक गराएकाहरुको नगद लाभांश खातामै पठाइदिएको हो । पुस २६ पछि डिम्याट गर्नेहरुको पनि नगद खातामै जम्मा गर्ने तयारी भइरहेको बैंकले जानकारी गराएको छ ।
सेयर अझै भौतिक रुपमै राखेकाहरुले भने डिम्याट गरी बैंक खाता अद्यावधिक गराएपछि मात्र लाभांश पाउने छन् । डिम्याट नगरेकालाई तत्काल सेयर डिम्याट गर्न पनि बैंकले आग्रह गरेको छ । लगानीकर्ताले आफूले खाता खोलेको कुनै पनि बैंक तथा वित्तीय संस्था वा अन्य निक्षेप सदस्यमा गएर डिम्याट खाता खोल्न सक्नेछन् । त्यसपछि सम्बन्धित सेयरधनीको खातामा नगद लाभांश जम्मा हुनेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: