×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल एसबीआई बैंक ५% बोनसमा मूल्य समायोजन, कतिमा खुल्यो सेयर कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : नेपाल एसबीआई बैंक
मूल्य समायोजन सेयर : ५% बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ४०३ रुपैयाँ ८१ पैसा
औसत आधार मूल्य : प्रति कित्ता ६२५ रुपैयाँ ९० पैसा
विशेष साधारण सभा : पुस ३० गते 

विवरण :

नेपाल एसबीआई बैंकको ५% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ४०३ रुपैयाँ ८१ पैसा कायम गरिएको छ । आइतबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता ६२५ रुपैयाँ ९० पैसा छ ।
साधारण सभाका प्रस्ताव : 
५% बोनस सेयर र १०.७९% नगद लाभांश दिने ।
सहायक कम्पनी (नेपाल एसबिआई मर्चेन्ट बैंकिङ) को आर्थिक वर्ष २०७४।७५ को वित्तीय विवरण स्वीकृत गर्ने ।
आर्थिक वर्ष २०७४।७५ को वार्षिक प्रतिवेदन र सोही अवधि सम्मको नाफा नोक्सान सम्बन्धी प्रस्ताव पनि पेश हुने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।

विशेष साधारण सभा हुने स्थान र समय :
त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे 

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ४ करोड ६९ लाख ५ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ८ अर्ब ४४ करोड ९२ लाख ५० हजार २५० रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ४८ करोड ५३ लाख ६३ हजार रुपैयाँ
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: