×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल एसबीआई बैंकको खुद नाफा १२.०२% ले वृद्धि, प्रति सेयर आम्दानी कति ?

काठमाडौं – नेपाल एसबीआई बैंकले आर्थिक वर्ष २०७५/७६को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्बजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा १२.०२% ले वृद्धि गरेर १ अर्ब २ करोड २७ लाख ९० हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष बैंकले ९१ करोड ३० लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यता बैंकको खुद ब्याज आम्दानी १६.१०% ले बढोत्तरी गरेर २ अर्ब १८ करोड ८३ लाख ४७ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा १ अर्ब ३० करोड रुपैयाँबाट बढोत्तरी भएर १ अर्ब ४२ करोड ८८ लाख ८२ हजार रुपैयाँ पुर्याएको छ । 
बैंकले ९७ अर्ब ८३ करोड ७६ लाख २१ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने ९० अर्ब ९२ करोड ३७ लाख ७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ४४ करोड ९२ लाख ५१ हजार रुपैयाँ छ । बैंकको जगेडा कोषमा ४ अर्ब ४७ करोड १८ लाख ३८ हजार रुपैयाँ जम्मा रहेको छ । 
बैंकको खराब कर्जा ०.१९% रहेको छ भने प्रतिसेयर आम्दानी २४ रुपैयाँ २१ पैसा र प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ९३ पैसा रहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: