×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नेपाल बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका सबै शाखाबाट बिमा सेवा लिन सकिने

काठमाडौं – नेपाल बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच सम्झौता गरेको छ । नेपाल बैंकका कामु प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह र सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार ग्राहकहरुले नेपाल बैंकका देशभरि संचालनमा रहेका १५८ शाखाहरुबाट सिटिजन लाइफ इन्स्योरेन्सको जीवन बीमालेख प्राप्तगर्न, प्रिमियम भुक्तानी गर्न, दाबी गर्न लगायत सम्पूर्ण जीवन बीमासेवाहरु प्राप्त गर्न सकिने व्यवस्था रहेको छ ।
जीवन सारथी योजना अन्तर्गत बीमितले ९० वर्षको उमेरसम्म पैसा पाउने छन् भने क्रिटिकल केयर प्लस मार्फत बीमितले सर्वाधिक २० घातक रोगहरु विरुद्ध औषधि–उपचार खर्च प्राप्त गर्नेछन् । यसै सम्झौतासँगैनेपाल बैंककाग्राहकहरुलेपनियस नौलो योजनाहरुको लाभ उठाउन सक्नेछन् ।
नेपालभरका ग्राहकलाई सेवा प्रदान गर्ने क्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बैंकका ६० वटा भन्दाबढि शाखाहरु संचालनमा ल्याइसकेको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: