×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ओम डेभलपमेन्ट बैंकले गर्यो आकर्षक प्रगति, खुद नाफा ५९.८५% वृद्धि हुँदा अन्य सुचकको कस्तो छ अवस्था ?

काठमाडौं – ओम डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७५/७६को दोस्रो त्रैमासको वित्तिय विवरण सार्बजनी भएको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा ५९.८५%ले वृद्धि भएको छ। गत वर्ष १५ करोड ३ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले यस त्रैमासमा वृद्धि गरेर २४ करोड २ लाख ७४ हजार रुपैयाँ पुर्याउन सफल भएको छ ।
 बैंकले खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमस: ६१.१५% र ६८% ले वृद्धि गरेको छ । गत वर्ष ३२ करोड २८ लाख ८४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यो त्रैमासमा बढाएर ५२ करोड ३ लाख ४२ हजार रुपैयाँ पुर्याएको हो । सञ्चालन नाफा पनि २२ करोड २१ लाख रुपैयाँबाट वृद्धि गरेर ३७ करोड ३२ लाख २६ हजार पुर्याइएको छ । 
यता बैंकले २३ अर्ब ६८ करोड ४७ लाख ३७ हजार रुपैयाँ निक्षेप संकल गरी २१ अर्ब ३४ करोड ६७ लाख ७२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको चुक्ता पुँजी २ अर्ब ५१ करोड ५२ लाख ३५ हजार रुपैयाँ छ । बैंकको खराब कर्जा अनुपात ०.६०%  रहेको छ भने प्रतिसेयर आम्दानी १९ रुपैयाँ ११ पैसा (वार्षिक) र  प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ४६ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: