पाँचथर पावर कम्पनीको ९ लाख ६२ हजार ५०० कित्ता आइपिओ भर्न थप्यो समय, कहिलेसम्म पाइन्छ भर्न ?

आइपिओ नोटिस :
इभेन्ट : पाँचथर पावर कम्पनी
खुला भएको मिति : आज (पुस ३० गते, सोमबार)
कित्ता : ९ लाख ६२ हजार ५०० कित्ता
प्रति कित्ता मूल्य : १०० 
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ६ हजार कित्ता

विवरण : 
पाँचथर पावर कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि खुल्ला गरिएको आइपिओ भर्न समय थप गरेको छ। कम्पनीले तोकेको समयसम्म ९ लाख ६२ हजार ५०० कित्ता आइपीओ बिक्री नभएपछि १ साता समय थप गरेको हो । यसमा पाँचथर जिल्लाको फिदिम नगरपालिका तथा हिलिहांग र फालेलुंग गाउँपालिका स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन् ।

आवेदन दिन सकिने शाखाहरु :
सानिमा क्यापिटल,
पाँचथरको फिदिममा रहेका कृषि विकास बैंक, सन्चुरी बैंक र गुडविल फाइनान्सका शाखाबाट ।
आयोजनाको कार्यालय फिदिम–१० याङनामबाट
प्रकाशित मिति : Monday, January 28, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal