×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पोखरा फाइनान्सको खुद नाफा १.७१% ले वृद्धि, प्रति सेयर आम्दानी कति ?

काठमाडौं – पोखरा फाइनान्सको आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ। सार्वजनिक भएको विवरण अनुसार संस्थाको खुद नाफा ४ करोड १० लाख २९ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा १.७१% धेरै हो । गत वर्ष संस्थाले ४ करोड ३ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
पोखराको खुद ब्याज आम्दानीमा भने ६३.६५% बढोत्तरी गरी १२ करोड १२ लाख ५ हजार रुपैयाँ पुर्याएको छ।  गत वर्ष ७ करोड ४० लाख ६२ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो  सञ्चालन नाफा पनि ६ करोड २० लाख रुपैयाँबाट सधार हुँदै ६ करोड ३९ लाख ९० हजार पुगेको छ । 
हाल पोखरा फाइनान्सको चुक्ता पुँजी ८५ करोड ७२ लाख ७३ हजार रुपैयाँ छ । जगेडा कोषमा २९ करोड २ लाख ३१ हजार रुपैयाँ जम्मा पारिसकेको छ । संस्थाको खराब कर्जा १.१०% रहेको छ भने प्रतिसेयर आम्दानी ९ रुपैयाँ ५८ पैसा  र  प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ८६ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: