×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मुख्यमन्त्री,बेटी पढाउ, बेटी बचाउ कोष र प्रभु बैंकबीच मुद्दती बचत सम्बन्धि सम्झौता

काठमाडौं – प्रभु बैंक र मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कोषबीच मुद्दती बचत सम्बन्धि सम्झौता भएको छ । उक्त अभियान अन्तर्गत छोरी शिक्षा बीमा/मुद्दती बचत कार्यक्रम कार्यान्वयन सम्बन्धी सो सम्झौता भएको हो ।
प्रदेशस्तरीय मन्त्री परिषदको तर्फबाट सचिव हरिप्रसाद फुयाल र प्रभु बैंकका तर्फबाट सहायक महा प्रबन्धक अशोक खडगीले उक्त सम्झौतामा हस्ताक्षर गरी प्रदेश नं. २ का मुख्यमन्त्री लालबहादुर राउतलाई हस्तान्तरण गरिएको थियो ।
प्रदेश नं. २ का ८ जिल्लामा जन्मिएका छोरीहरुको नाममा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सिफारिसको आधारमा प्रभु बैंक लिमिटेडले २० वर्षको अवधिको लागि मुद्दती खाता खोलि दिनेछ ।
मन्त्रालयले प्रदान गर्ने रु. १३ हजार ६ सय ४६ रुपैयाँ र १५ पैसामाखोलिएको मुद्दती खाता २० वर्ष पछि सम्बन्धित छोरीको अभिभावकले एकमुष्ठ १ लाख रुपैयाँ पाउने व्यवस्था रहेको छ । खाता खोलिएको छोरीको मृत्यु भएमा वा कडा रोग लागेको प्रमाणित भएका वा अभिभावकको मृत्यु भएमा मन्त्रालयको सिफारिसको आधारमा खातामा जम्मा भएको रकमको साँवा र व्याज प्राप्त गर्न सकिने व्यवस्था समेत रहेको छ ।
प्रदेश नं. २ स्थित मन्त्रीपरिषदको कार्यालयले सञ्चालनमा ल्याएको लोकप्रिय अभियानमा बैंकिङ्ग सहकार्य गर्दै प्रभु बैंकले आफुलाई व्यवसायिक मात्र नभएर सामाजसेवी बैंकको रुपमा स्थापित गराउन अग्रसर रहेको छ । साथै, प्रभु बैंक सामाजिक सेवाभाव सहितको बैंकिङ्ग सेवा उपभोग गरी प्रदेश नं. २ को समग्र विकासमा टेवापुग्ने बैंकले बताएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: