प्रभु बैंकले गर्यो कमालको प्रगति, खुद नाफा ७३.३१%ले वृद्धि गरेर कमायो १ अर्ब ४ करोड १८ लाख १५ हजार रुपैयाँ


काठमाडौं - प्रभु बैंकले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा ७३.३१% ले वृद्धि गरेर १ अर्ब ४ करोड १८ लाख १५ हजार रुपैयाँ कमाएको सफल भएको छ । गत वर्ष बैंकले ६० करोड ११ लाख २ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । 

यता बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमस: ७६.८४% र ६०.६९% वृद्धि भएको छ । गत वर्ष  १ अर्ब २१ करोड ७४ लाख ५७ हजार रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको बैंकले यस वर्ष २ अर्ब १५ करोड ३० लाख ६१ हजार रुपैयाँ आर्जन गरेको छ । साथै सञ्चालन नाफा ८२ करोड ८८ लाख २९ हजार रुपैयाँ बढोत्तरी गरेर १ अर्ब ३३ करोड १८ लाख ४८ हजार रुपैयाँ पुर्याउन सफल भएको छ । 

बैंकले १ खर्ब ४ अर्ब ९८ करोड १३ लाख ८० हजार रुपैयाँ निक्षेप संकलन गर्दा ८८ अर्ब १५ करोड ९८ लाख ६९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । यता बैंकको चुक्ता पुँजी ८ अर्ब २३ करोड ३९ लाख ५९ हजार रुपैयाँ छ भने जगेडा कोषमा ५ अर्ब ६० करोड १२ लाख ४ हजार रुपैयाँ जम्मा रहेको छ  । 

बैंकको खराब कर्जा २.४७% रहेको छ भने प्रतिसेयर आम्दानी २५ रुपैयाँ ३१ पैसा र प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ ०३ पैसा छ ।
प्रकाशित मिति : Thursday, January 24, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal