प्राइम कमर्सियल बैंकको नयाँ शाखा उदयपुरको ताप्लीमा , गाँउपालिका अध्यक्ष उद्धवसिंह थापाले गरे उद्घाटन

काठमाडौं - प्राइम कमर्सियल बैंकले उदयपुरको ताप्ली गाँउपालिकामा शाखाको उद्घाटन गरेको छ । स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा आज एक समारोहका बिच ताप्ली गाँउपालिका अध्यक्ष उद्धवसिंह थापाले शाखा कार्यालय ताप्लीको उद्घाटन गरेका थिए । बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल विस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहेको जनाएको छ ।

साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने बैंकले जानकारी दिएको छ ।
प्रकाशित मिति : Thursday, January 10, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal