×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

प्राइम लाइफ इन्सुरेन्स उकालो लाग्न असफल, खुद नाफा २१.४१% ले गिरावट

काठमाडौं – प्राइम लाइफ इन्सुरेन्सको आर्थिक वर्ष २०७५/७६को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ। सार्वजनिक भएको विवरण अनुसार इन्स्योरेन्स ९ करोड ५ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा २१.४१% ले कम हो ।  गत वर्षको यसै अवधिमा कम्पनीले ११ करोड ५१ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यता, प्राइम लाइफको खुद बिमा शुल्क भने ३०.९९% ले बढेर १ अर्ब २२ करोड २८ लाख २४ हजार रुपैयाँ पुगेको छ । गत वर्ष खुद बिमा शुल्क ९३ करोड ३५ लाख ११ हजार रुपैयाँ थियो । यस त्रैमाससम्ममा कुल २२ करोड ७८ लाख ७० हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी दाबी रकम भने कुल १ करोड ९२ लाख ८६ हजार रुपैयाँ रहेको छ ।
यता, प्राइम लाइफको चुक्ता पुँजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा पुँजी ६१ करोड २ लाख रुपैयाँ मात्र रहेको थियो । रिजर्भ कोषमा ४.८१% ले सुधार भएर ९७ करोड ९० लाख ३९ हजार रुपैयाँ जम्मा भएको छ । 
यस्तै, जीवन बिमा कोषमा पनि ३८.०५% वृद्धि हुँदै ७ अर्ब ६८ करोड ९७ लाख ३५ हजार रुपैयाँ पुगेको छ । प्राइम लाइफको प्रतिसेयर आम्दानी १० रुपैयाँ १४ पैसा र प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ १२ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: