प्राइम कमर्सियल बैंकको नयाँ शाखा बझाङको खप्तडछान्नामा, गाँउपालिका अध्यक्ष वर्क बहादुर रोकायाले गरे उद्घाटन

काठमाडौं - प्राइम कमर्सियल बैंक लिमिटेडले बझाङको खप्तडछान्ना गाँउपालिकामा शाखाको शुभारम्भ गरेको छ । यस शाखाको संचालन पछि बैंकको शाखा कार्यालय संख्या ७३ पुगेको छ ।

स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा आज एक समारोहका बिच खप्तडछान्ना गाँउपालिका अध्यक्ष वर्क बहादुर रोकायाले शाखा कार्यालय खप्तडछान्नाको उदघाटन गरेका हुन् ।

साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने जनाएको छ ।
प्रकाशित मिति : Tuesday, January 15, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal