×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा गुल्मीको रिडी बजारमा, परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले गरे उद्घाटन

]
काठमाडौं – राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले गुल्मीको रिडी बजारमा नयाँ शाखा विस्तार गरेको छ । उक्त नयाँ शाखाको उद्घाटन नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले गरे । 
उक्त कार्यक्रममा नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले विकासको लागि सबैभन्दा पहिले सम्पूर्ण स्थानीय तहमा बैंक आवश्यक भएको र बैंक भएपछि मात्र अन्य क्षेत्रको विकास हुने बताउंदै राष्ट्रिय वाणिज्य बैंक जनताकै बैंक भएकोले ढुक्कसँग कारोबार गर्न अनुरोध समेत गरे । 
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय बाणिज्य बैकले नयाँ शाखा संभाव्य क्षेत्रहरुमा स्थापना गरि दिगो आर्थिक विकासको लागि वित्तीय पहुँच विस्तार गर्ने कुरा बताए । हाल बैंकको ७४ जिल्लामा २१० वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ मार्फत सेवा दिदै आइरहेको छ
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: