×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रसुवागढी हाइड्रोपावरको १ करोड २ लाख ६३ हजार १५० कित्ता आइपिओ आउँदै, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल !

काठमाडौं – रसुवागढी हाइड्रोपावर कम्पनीले सर्वसाधारणलाई आइपिओ जारी गर्ने भएको छ । उक्त कम्पनीको जारी गर्न लागेको आइपीओको रेटिङ भएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले रसुवागढीको आइपीओलाई औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४ प्लस’ रेटिङ दिएको छ । 
रसुवागढीले सर्वसाधारणलाई १ करोड २ लाख ६३ हजार १५० कित्ता आइपीओ बिक्री गर्न लागेको हो । कम्पनीले आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति पनि मागेको छ । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: