×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल एसबीआई बैंकले १०.७९% नगद लाभांश सेयरधनीको खातामा पठाउन थाल्यो, नपाएकाले के गर्ने ?

काठमाडौं – नेपाल एसबीआई बैंकले १०.७९% नगद लाभांश सम्बन्धित सेयरधनीको बैंक खातामा जम्मा गर्न सुरु गरेको छ । बैंकले बुधबार (माघ ९ गते) देखि १०.७९% नगद लाभांश सम्बन्धित सेयरधनीको बैंक खातामा जम्मा गर्न थालेको हो । डिम्याट खातासँग बैंक खाता अद्यावधिक नगरेका सेयरधनीले यो अद्यावधिक गरेपछि मात्र लाभांश खातामा जानेछ ।
लगानीकर्ताले आफूले खाता खोलेको बैंक तथा वित्तीय संस्था वा कुनै पनि निक्षेप सदस्यमार्फत डिम्याट खाता खोल्न सक्नेछन् । खाता खोलेपछि बैंकले नगद लाभांश जम्मा हुने बैंकको भनाई छ । एसबीआई बैंकले ५% बोनस सेयर भने नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएपछि सम्बन्धित सेयरधनीको डिम्याट खातामा पठाउने जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: