×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा दैलेखको राकममा, अच्युत प्रसाद प्रसाई र खड्गराज उपाध्यायले गरे उद्घाटन

काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंकले दैलेख जिल्लाको आठबीस नगरपालिका वडा नं. ४ स्थित राकम शाखाको विधीवत उद्घाटन गरि कारोबार शुरु गरेको छ । उक्त शाखाको उद्घाटन आइतबार बैंकका सञ्चालक अच्युत प्रसाद प्रसाई तथा आठबीस नगरपालिकाका मेयर खड्गराज उपाध्यायले संयुक्त रुपमा गरेका हुन् । 
हालसम्म उक्त स्थानमा बैंक तथा वित्तीय संस्थाको उपस्थिती नरहेकोले मेयर खड्ग राज उपाध्यायले बैंकसंग सहकार्य गर्दै स्थानीय स्तरमा बैंकिङ्ग सेवा पुर्याउन बैंकलाई सक्दो सहयोग गर्ने बताए । सोही अवसरमा उपमेयर दीपा बोहरा तथा वडा नं. ४ र १२ का अध्यक्षहरु तथा ग्राकहका तर्फबाट स्थानीय व्यापारी राम बहादुर कठायतले बोलेका थिए । 
हालसम्म सातवटै प्रदेशमा गरि बैंकको शाखा संख्या ७७, तथा २३ वटा एटीएम मार्फत करिब २ लाख ५६ हजार भन्दा बढी ग्राहकहरुलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आई रहेको बैकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: