अत्याधुनिक हतियार एसएमजीसहित १ जना पक्राउ


काठमाडौँ - २ नं प्रदेश प्रहरी कार्यालयले विशेष सुचनाको आधारमा अत्याधुनिक हतियार एसएमजीसहित १ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी माई नगरपालिका वडा नं ११ बस्ने वर्ष ४६ का चतुर नारायण चौधरी रहेका छन् । केहि समय आगाडीसम्म तराईको भूमिगत समूह गोहित समूहसंग आवद्ध रहेको चौधरी पछिल्लो समय स्वतन्त्र तराई निर्माण सेना समुहमा रहेर चन्दा, आतंक र लुटपाट मच्चाउदै आएका थिए। 

२ नं प्रदेश कार्यालय जनकपुरका प्रमुख प्रहरी नायब महानिरिक्षक हरि बहादुर पालका अनुसार उनको साथबाट २ वटा म्यागजिन र ५ राउण्ड गोलि समेत बरामद भएको छ।  यसअघि चौधरी माथि सिराहाको गोलबजारमा प्रेसरकुकर बम राखेको समेत आरोप थियो। यस बिषयमा जिल्ला प्रहरी कार्यालय सिराहाले केहि बेरमा पत्रकार सम्मेलन गर्ने जनाएको छ । 
प्रकाशित मिति : Tuesday, January 01, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal