×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सहयोगी विकास बैंकको खुद नाफा १५.०६% वृद्धि हुँदा अन्य सुचकको कस्तो छ अवस्था ?

काठमाडौं – सहयोगी विकास बैंकले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ।  सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा  ५ करोड ४ लाख ८८ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा १५.०६% ले धेरै हो । गत वर्ष बैंकले ४ करोड ३८ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यता, बैंकको खुद ब्याज आम्दानी १० करोड ३४ लाख १० हजार रुपैयाँमा सिमित रहेको छ । गत वर्ष बैंकले १० करोड ३७ लाख ८० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको सञ्चालन नाफामा भने वृद्धि भएको छ।  बैंकले सञ्चालन नाफा ४२.४९% बढोत्तरी गरेर ५ करोड ४७ लाख ४२ हजार रुपैयाँ पुगेको छ । 
सहयोगीले ४ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ६८ करोड १२ लाख ६६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको चुक्ता पुँजी ५० करोड ९६ लाख ६८ हजार रुपैयाँ रहेको छ भने जगेडा कोष ७७.२७% ले बढाएर २६ करोड ५२ लाख ५७ हजार रुपैयाँ पुर्याएको छ ।

खराब कर्जा १.६३%रहेको छ भने प्रतिसेयर आम्दानी वार्षिक १९ रुपैयाँ ८१ पैसा र प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ५ पैसा छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: