सामुदायिक लघुवित्तको सेयर कारोबार सुरु, यस्तो छ कारोबार संकेत

काठमाडौं - सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार सुरु भएको छ । नेप्सेले संस्थाको सेयर कारोबारका लागि १६८.३७ रुपैयाँदेखि ५०५.११ रुपैयाँसम्म ओपन रेन्ज दिएको छ । यो लघुवित्तको पहिलो सेयर कारोबार सोही रेन्जभित्र रहेर हुनेछ । सेयर कारोबारका लागि यस लघुवित्तले ‘एसएलबीएसएल’ संकेत पाएको छ । 

सामुदायिक लघुवित्त आइतबार नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत मंसिर २ देखि ५ गतेसम्म ३ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । यो आइपीओको बाँडफाँट मंसिर १० गते भएको हो । आइपीओ बिक्रीपछि सामुदायिकको चुक्ता पुँजी १० करोड रुपैयाँ पुगेको छ । 
प्रकाशित मिति : Monday, January 21, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal