×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सानिमा बैंकको खुद नाफा १८.२४% ले वृद्धि, प्रति ब्याज आम्दानी कति ?

काठमाडौं – सानिमा बैंकले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा १८.२४% ले वृद्धि गरि  ९८ करोड २० लाख ८७ हजार रुपैयाँ पुर्याएको छ ।  गत वर्ष बैंकले ८० करोड ८३ लाख १९ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । 
यता बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमस: ४०.९९% र १८.६३% ले वृद्धि भएको छ । गत वर्ष १ अर्ब ३५ करोड ४२ लाख ५१ हजार रुपैयाँ खुद ब्याज आम्दानी रहेको बैंकको यस त्रैमासमा बढेर १ अर्ब ९० करोड ९४ लाख ४० हजार रुपैयाँ पुगेको छ । यस्तै, सञ्चालन नाफा १ अर्ब १७ करोड ४८ लाख ७ हजार रुपैयाँबाट बढेर १ अर्ब ३९ करोड ३७ लाख ४१ हजार रुपैयाँ पुर्याएको छ । 
बैंकले ८५ अर्ब ६८ करोड ८ लाख ४१ हजार रुपैयाँ निक्षेप संकलन गरी ७७ अर्ब २२ करोड ६९ लाख ७५ हजार रुपैयाँ कर्जामा लगानी प्रवाह गरेको छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब १२ करोड ५५ हजार रुपैयाँ छ भने जगेडा कोषमा २ अर्ब ६४ करोड ३८ लाख ५१ हजार रुपैयाँ जम्मा भएको छ । 
बैंकको खराब कर्जा  ०.२५% रहेको छ भने प्रतिसेयर आम्दानी २४ रुपैयाँ ६२ पैसा र प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ०४ पैसा रहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: