×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आवश्यक सुरक्षा नअपनाउँदाको परिणाम : सानिमा बैंकको एटिएम मेशिन नै फोडेर भागे चोरहरु !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- कहिले ग्राहकको बैंकबाट रकम नै गायब भएको काण्ड त कहिले सेयर ट्रेडिङका नाममा बढी शुल्क लिएको आरोप । कहिले विद्यालय भवनमा बैंक राखेर विद्यार्थीको बिचल्ली बनाएको काण्ड । पछिल्लो समय महिनानै पिच्छे कुनै न कुनै काण्डमा परेको सानिमा बैंकको एटिएम मेशिन फुताउने चोरहरुबारेको रहस्य खुलेको छ । बैंकले आवश्यक सुरक्षा सतर्कता नअपनाउँदा यस्तो घटना घटेको स्थानीयहरुको आरोप छ । 
भक्तपुर सूर्यविनायक नपा–७ स्थित सानिमा बैंकको एटिएम मेशिन फोरी चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेपछि यस्तो रहस्य बाहिरिएको हो । पक्राउ पर्नेमा काभ्रे तेमाल गाउँपालिका–२ सस्र्युखर्क घर भई हाल काभ्रे बनेपा बस्ने ३९ वर्षीय रमेश पाण्डे र सूर्यविनायक नगरपालिका–६ का २६ वर्षीय दिनेश सुकुभुटू रहेको महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरले जनाएको छ ।
आफ्नो बैंकको एटिएम मेशिन नै चोरी भएपछि बैंकले प्रहरीमा उजुरी दिएको थियो । बैंकले दिएको उजुरीका आधारमा दुबै जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिएका छन्।
सानिमा बैंकसम्बन्धि यी समाचार छुटे कि ?
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: