×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सानिमा जनरल इन्स्योरेन्सको नयाँ शाखा नेपालगञ्जमा, लामिछाने र टण्डनले गरे उद्घाटन

काठमाडौं – सानिमा जनरल इन्स्योरेन्सको नयाँ शाखा नेपालगञ्ज उद्घाटन भएको छ । कम्पनीका संचालक खेमराज लामिछाने तथा विशेष अतिथी नेपालगञ्ज उद्योग वाणिज्य संघका महासचिव अजय टण्डनको उपस्थितिमा उक्त शाखाको उद्घाटन गरिएको हो ।
नेपालगञ्ज उप महानगरपालिकाका मेयर डा. धवल शम्शेर राणाबाट उक्त उद्घाटन कार्यक्रम सम्पन्न गरेका थिए । उक्त कार्यक्रमको सभापतित्व कम्पनीका संचालक खेमराज लामिछानेले गरेका थियो भने स्वागत मन्तब्य तथा कम्पनीको वारेमा कम्पनीका सहायक महा प्रबन्धक राजु पौडेलले गरेका हुन् ।
कम्पनीले सबै प्रकारका निर्जिवन बीमाहरु जस्तैः मोटर, घर, कलकारखाना, जलविधुत, कृषि तथा पशुबीमा, दुर्घटना, सामुद्रिक, हवाई र लघुबीमा मार्फत देशभर बीमाको पहुँच नपुगेका क्षेत्रहरुमा समेत बीमाको सर्वसुलभ पहुँच पुराउने उद्देश्यका साथ यस शाखा कार्यालयको स्थापना गरेको छ ।
कम्पनीको अधिकृत पूँजी रु.१ अर्ब ५० करोड, जारी पूँजी १ अर्ब र चुक्ता पूँजी रु. ७० करोड रहेको छ । आगामी आर्थिक बर्ष भित्र रु.३० करोड बराबरको शेयर सर्वसाधारणका लागि जारी गरि चुक्ता रु.१ अर्ब पु¥याउने लक्ष्य राखेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: