सहारा विकास बैंकले गर्यो १२.३०% बोनस सेयर दिने घोषणा


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - सहारा विकास बैंक लिमिटेडले १२.३०% बोनस सेयर दिने घोषणा गरेको छ । बैंकको पुस २० गते बसेको सञ्चालक समितिको बैठकबाट शेयरधनीहरुलाई १२.३% बोनस र ०.६४ % नगद दिने निर्णय गरेको छ ।
बैंकले बोनसको लागि  १२.३%ले हुन आउने ८९ लाख ७८ हजार ३६०.४० रुपियाँ र ०.६४%ले हुने ४ लाख ७२ हजार ५४५.२८ नगद लाभांश वितरण गर्ने भएको छ  ।

त्यसका साथै बैंकले १८ करोड २४ लाख ८७ हजार रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्ने प्रकृयामा रहेको छ । बैंकको चुक्ता पुँजी  ७ करोड २९ लाख ९४ हजार ५ सय रहेको छ । 
प्रकाशित : Monday, January 07, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal