×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सिद्धार्थ बैंकको दोस्रो त्रैमास : खुद नाफा २३.०१% ले वृद्धि गरी पुर्यायो १ अर्ब ६ करोड ९४ लाख ४४ हजार रुपैयाँ

काठमाडौं – सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा २३.०१% ले वृद्धि गरेर १ अर्ब ६ करोड ९४ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष बैंकले खुद नाफा ८६ करोड ९३ लाख ७७ हजार रुपैयाँ आर्जन गरेको थियो ।
यता बैंकको खुद ब्याज आम्दानी २ अर्ब २८ करोड ८८ लाख ३७ हजार रुपैयाँ आर्जन गरेको छ । यो खुद ब्याज आम्दानी गत वर्षको तुलनामा ४९.२०% धेरै हो ।  सञ्चालन नाफामा २२.५८% बढोत्तरी गरेर  १ अर्ब ५२ करोड १९ लाख ४३ हजार रुपैयाँ पुर्याएको छ ।
बैंकले १ खर्ब ६ अर्ब ३८ करोड ४९ लाख १८ हजार रुपैयाँ निक्षेप संकलन गरी ९७ अर्ब ५० करोड ७० लाख ५२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । सिद्धार्थको चुक्ता पुँजी ८ अर्ब ८८ करोड ७६ लाख ५ हजार रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ५ अर्ब १९ करोड ७२ लाख २८ हजार रुपैयाँ जम्मा भएको छ । 
यसको खराब कर्जा १.६४% रहेको छ भने प्रतिसेयर आम्दानी २४ रुपैयाँ ७० पैसा र प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ४८ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: