सिर्जना फाइनान्सको खुद नाफा २०.६०% वृद्धि हुँदा अन्य सुचकको कस्तो छ अवस्था ?

काठमाडौं - सिर्जना फाइनान्सले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ। सार्वजनिक भएको विवरण अनुसार कम्पनीले खुद नाफा २०.६०% वृद्धि गरि ४ करोड २८ लाख २५ हजार रुपैयाँ कमाउन सफल भएको छ । गत वर्ष यो कम्पनीले ३ करोड ५५ लाख ९ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । 

कम्पनीको खुद ब्याज आम्दानी भने २६.०४% ले घटेको छ। गत वर्ष ८ करोड २७ लाख ५८ हजार रुपैयाँ खुद ब्याज आम्दानी रहेको कम्पनीको यस त्रैमासमा घटेर ६ करोड १२ लाख ६ हजार रुपैयाँमा सिमित रहेको छ ।  यसको सञ्चालन नाफा भने ५ करोड ५७ लाख रुर्पैयाँबाट बढोत्तरी भएर ६ करोड ७२ लाख ९७ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको चुक्ता पुँजी ४६ करोड ७ लाख ८२ हजार रुपैयाँ छ भने रिजर्भ कोषमा १४ करोड ८ लाख १६ हजार रुपैयाँ रहेको छ । कम्पनीको खराब कर्जा ३.२५% रहेको छ भने प्रतिसेयर आम्दानी १८ रुपैयाँ ५९ पैसा र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ५६ पैसा छ ।
प्रकाशित मिति : Wednesday, January 30, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal