×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मिस नेपाल श्रृंखला खतिवडा सामान्य ज्ञानमा सार्है कमजोर, भनिन्, ‘वाणिज्य बैंक नेपालको एक मात्र सरकारी बैंक’ (भिडियो)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले मिस नेपाल श्रृंखला खतिवडालाई ‘ब्रान्ड एम्बासडर’ नियुक्त गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नयाँ पुस्तालाई बैंकप्रति आकर्षित गर्ने मूल उद्देश्यका साथ मिस नेपाल खतिवडालाई ‘ब्रान्ड एम्बासडर’मा नियुक्त गरिएको घोषणा गरेको हो । 
तर विश्वमा नेपाल चिनाएर सबैको ढुकढुकी बनेकी खतिवडा बुधबार वाणिज्य बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा भने गसिपको पात्र बनिन् । कारण थियो आफु ब्राण्ड एम्बासडर बनेको बैंकका बारेमा तथ्य थाहा नहुनु । आर्थिक क्षेत्रमा कलम चलाउने थुप्रै पत्रकारका अगाडी उनले राष्ट्रिय वाणिज्य बैंक नेपालको एक मात्र सरकारी बैंक भएको बताईन् । कृषि बिकास बैंक, र नेपाल बैंक पनि सरकारी बैंक हुन् भन्ने सामान्य ज्ञान पनि उनीसँग नभएको देखेर सबै छक्क परे । 
सोहि दिन थुप्रै टेलिभिजनमा उनको यहि भनाइ बज्यो, र धेरैजनाले उनको कमजोर सामान्य ज्ञानको आलोचना पनि गर्न भ्याए । यसो त कार्यक्रम अघि उनले के बोल्ने भन्ने विषयमा बैंकका कर्मचारीसँग परामर्श पनि लिएकी थिइन् । तर बताउनेले गलत बतायो वा उनले गलत बोलिन् भन्ने कुरा रहस्यको गर्व मै रह्यो ।
सुन्दा सामान्य लागेपनि यो विषय आर्थिक पत्रकारहरुबीच चर्चाको विषय बन्यो । आफु झन्डै १ करोड रुपैयाँ लिएर कुनै बैंकको ब्राण्ड एम्बेसडर भएपछि यति सामान्य ज्ञान पनि नभएको भन्दै उनको आलोचना गर्नेहरु पनि थिए । यसलाई कतिले बैंकको कमजोरीसमेत भनेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: