×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा जागरण तथा बीमा दावी रकम भुक्तानी

काठमाडौँ – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा पौष २२ गते लम्कीमा एक कार्यक्रमकाबीच कम्पनीका महाप्रवन्धक कमल राज गौतम, कम्पनीका ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल “धुमुस” र कुञ्जना घिमिरे “सुन्तली” लम्कीचुहा नगरपालिकाका मेयर महादेब बजगाईको उपस्थितीमा बीमा जागरण अभियान तथा मृत्युदावी भुक्तानी कार्यक्रम सम्पन्न गर्यो । 
यस कम्पनीमा रु ३००,०००।– बीमाङ्गको बीमा गर्नुभएका लम्की कैलालीका बीमित डिल्लीराज उपाध्याय बस दुर्घटनामा परि अपाङ्ग हुनुभएकोमा निजलाई अशक्तता लाभ बापतको चेक हस्तान्तरण गरियो । कम्पनीले निजलाई मासिक सुविधा रकम १२० महिनासम्म प्रदान गर्नेछ र निजले बार्षिक रुपमा भुक्तानी गर्नुपर्ने बीमाशुल्क मिनाहा गरी १५ बर्ष पछि बीमाङ्क वापतको रु ३००,०००।– र सोमा आर्जित बोनस रकम एकमुष्ठ भुक्तानी गर्नेछ । 
साथै कम्पनीले सोही दिन लम्कीमा हजारौ जनसमुदायको उपस्थिीतिमा बृहत बीमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको जनाएको छ । उक्त कार्यक्रममा महाप्रबन्धक श्री कमलराज गौतम, कम्पनीका ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल “धुर्मुस” र कुञ्जना धिमिरे “सुन्तली” ले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रकाश पार्नु भएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: