×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सनराइज बैंकको खुद नाफा ३४.९२% बढ्दा प्रति सेयर आम्दानी कति ?

काठमाडौं – सनराइज बैंकले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ। सार्वजनिक भएको विवरण अनुसार बैंकले ७९ करोड २७ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्ष यही अवधिको तुलनामा ३४.९२% ले धेरै हो । गत वर्ष बैंकको खुद नाफा ५८ करोड ७५ लाख ५८ हजार रुपयाँ रहेको थियो । 
बैंकको खुद ब्याज आम्दानी ३५.०६% वृद्धि भएर १ अर्ब ७२ करोड १४ लाख ९ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा १४.१९% ले बढोत्तरी गरेर १ अर्ब १३ करोड ५९ लाख ४ हजार रुपैयाँ पुर्याएको छ । 
बैंकले ७६ अर्ब ६ करोड २६ लाख रुपैयाँ निक्षेप संकलन गरि ६७ अर्ब ७५ करोड ३७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । हाल बैंकको चुक्ता पुँजी  ८ अर्ब १५ करोड २५ लाख ५६ हजार रुपैयाँ छ। जगेडा कोषमा ९५.४८%  वृद्धि गरि ४ अर्ब १० करोड ६१ लाख ३० हजार रुपैयाँ जम्मा गरेको छ ।
बैंकको खराब कर्जा अनुपात १.२६% रहेको छ भने प्रतिसेयर आम्दानी १९ रुपैयाँ ४५ पैसा र प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ३७ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: