×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

परिवार नै चोरीमा संग्लग्न बैंगलोरबाट चोरेको २ किलो सुनसहित सुर्खेतमा श्रीमान श्रीमती पक्राउ

काठमाडौँ – जिल्ला प्रहरी सुर्खेतले भारतको बैंगलोर स्थित प्रविन कुमारको घरमा २ किलो ८ सय ग्राम सुनसहित अन्य धनमाल चोरी गर्ने समुहलाई सुर्खेतबाट पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा कालिकोट जिल्ला नरहरीनाथ गाउँपलिका-९ बस्ने वर्ष ४४ का मंगल शाही र उनका ३८ बर्षे श्रीमती सौभाग्य शाही रहेका छन् । 
जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरिक्षक प्रदिप बहादुर क्षेत्रिका अनुसार उनिहरुको साथबाट चोरी भएको मध्ये आधा सुन बरामद भएको छ । डिएसपी क्षेत्रिका अनुसार मंगल शाहीको भान्जा र छोरा पनि चोरीमा संलग्न रहेको छ । फरार रहेको उनीहरुको खोजि कार्य भैरहेको प्रहरीले जनाएका छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: