स्वदेशी लघुवित्तको खुद नाफा ९३.९६% ले वृद्धि हुँदा अन्य सुचकको कस्तो छ अवस्था ?

काठमाडौं - स्वदेशी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६को दोस्रो त्रैमास वित्तीय विवरण सार्बजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार संस्थाको खुद नाफा ९३.९६% ले वृद्धि गरि २ करोड ६४ लाख ५३ हजार रुपैयाँ कमाएको छ । गत वर्ष यही अवधिमा संस्थाको खुद नाफा १ करोड ३६ लाख ३८ हजार रुपैयाँ मात्र थियो ।

संस्थाले खुद ब्याज आम्दानी ४९.०५% ले बढाएर १० करोड १४ लाख ८० हजार रुपैयाँ पुर्याएको छ भने सञ्चालन नाफा ४ करोड २१ लाख रुपैयाँ पुर्याएको छ । 

संस्थाले ८० करोड ९४ लाख ५२ हजार रुपैयाँ निक्षेप संकलन गरेर २ अर्ब ७२ करोड ९५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । जगेडा कोषमा १३ करोड ९९ लाख १६ हजार रुपैयाँ जम्मा भएको छ ।

यता, खराब कर्जा १.८७% रहेको छ भने प्रतिसेयर आम्दानी २७ रुपैयाँ ९३ पैसा र प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ ८३ पैसा छ ।
प्रकाशित मिति : Sunday, January 27, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal