×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अर्थ सरोकार समाचार प्रभाव : ‘गैरकानुनी’ टुटल प्रयोगकर्तामाथि प्रहरीले सुरु गर्यो नगदी कारवाही !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपालको प्रचलित कानुन विपरित संचालनमा आएको टुटल बारे अर्थ सरोकार डटकमले लगातार फलोअप गरेपछि अन्तत: यातायात व्यवस्था विभागकै निर्देशनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले टुटलका प्रयोगकर्ताहरुलाई धमाधम कारवाहीको प्रक्रिया सुरु गरेको छ । टुटल, मोबाइल एप्स सञ्चालन गरी यात्रु बोक्ने गरेका विशेष सूचनाका आधारमा चारवटा मोटरसाइकललाई कारवाही गरिएको हो ।
अर्थ सरोकार डटकमलाई महासाखाले दिएको जानकारी अनुसार बा २६ प ९९४६, बा ३५ प ८०३४, बा ९३ प ८५१९, लु २० प ७६३४ र प्रदेश ३–०२–००३ प ६५८२ नम्बरको मोटरसाइकलका चालकलाई कारबाही गरिएको छ । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्त पन्तले निजी सवारी साधनले पैसा लिएर यात्रु बोक्न नपाइने स्पष्ट पारे । यस विषयमा अर्थ सरोकार डटकमले नेपाली मिडियामै पहिलो पटक समाचार ब्रेक गरेको थियो । 
यातायात व्यवस्था ऐन २०४९ को दफा ८ को उपदफा १ बमोजिम दर्ता भएका सवारी साधनले उपदफा २ बमोजिम निजी सवारी साधन यातायातका लागि प्रयोग गर्न नपाइने व्यवस्था छ । कारवाही गरिएका मोटरसाइकल चालकलाई एक हजारसम्म जरिवना गरिएको छ । यसरी भाडामा यात्रु बोक्ने मोटरसाइकल धेरै रहेका भन्दै महाशाखाले यस्ता सवारी साधनमाथि विशेष कारवाही अभियान शुरु गरेको बताएको छ ।


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: