युनिभर्सल पावरको ९३ लाख २७ हजार ४१० कित्ता आइपिओ आउँदै, क-कसले पाउँछ भर्न ?

आइपिओ नोटिस :
कम्पनी : युनिभर्सल पावर कम्पनी
खुला भएको मिति : माघ २५ गते
कित्ता : ९३ लाख २७ हजार ४१० कित्ता
प्रति कित्ता मूल्य : १०० 
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ५० लाख कित्ता

विवरण : 
युनिभर्सल पावर कम्पनीले माघ २५ गतेदेखि सर्वसाधारणलाई आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १७ लाख ६६ हजार १५० कित्तासमेत गरी कुल ९३ लाख २७ हजार ४१० कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।

यसमध्ये १ लाख ८६ हजार ५४८ कित्ता सेयर कर्मचारी र ४ लाख ६६ हजार ३७० कित्ता सेयर सामुहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी ८६ लाख ७४ हजार ४९२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यो आइपीओमा माघ २९ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा सबै सेयर नबिकेमा भने फागुन २६ गतेसम्म भर्न सकिने व्यवस्था छ ।

आवेदन दिन सकिने शाखाहरु :
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।

कम्पनी प्रोफाइल :
जारी पुँजी : २ अर्ब १० करोड ३ लाख ५० हजार रुपैयाँ
प्रकाशित मिति : Thursday, January 31, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal