×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

युनाइटेड फाइनान्सले गर्यो लोभलाग्दो प्रगति, खुद नाफा २१९.२०% ले वृद्धि

काठमाडौं : युनाइटेड फाइनान्सले आर्थिक वर्ष २०७५/७६को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक भएको विवरण अनुसार कम्पनीको खुद नाफा २१९.२०% ले बढोत्तरी गरेर ३ करोड ३३ लाख ४० हजार रुपैयाँ पुर्याएको छ भने गत वर्षको यसै अवधिमा १ करोड ४ लाख ४५ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । 
कम्पनीको खुद ब्याज आम्दानी ५१.२६% ले वृद्धि गरी १४ करोड १ लाख ४४ हजार रुपैयाँ आर्जन गरेको छ भने सञ्चालन नाफा  १ करोड ८६ लाख ९ हजार रुपैयाँ आर्जन गरेको छ ।
यता, कम्पनीले निक्षेप संकलन ५ अर्ब ९७ करोड ७० लाख २ हजार रुपैयाँ गरेर ५ अर्ब ३४ करोड २९ लाख ५८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा २१ करोड ६८ लाख ९५ हजार रुपैयाँ जम्मा भएको छ । 
कम्पनीको खराब कर्जा ०.९९% रहेको छ भने प्रतिसेयर आम्दानी ८ रुपैयाँ ३३ पैसा र प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ९ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: