×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

वोमी माइक्रोफाइनान्सले गर्यो प्रगति, खुद नाफा ४१.९६% वृद्धि

काठमाडौं – वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्बजनिक भएको विवरण अनुसार संस्थाले खुद नाफा ४१.९६% वृद्धि गरेर २ करोड ६२ लाख ५३ हजार रुपैयाँ कमाउन सफल भएको छ।  गत वर्ष खुद नाफा १ करोड ८४ लाख ९२ हजार रुपैयाँ आर्जन गरेको थियो।
संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमस: ५७.२१% र ४१.९६% बढोत्तरी गरेको छ। संस्थाको गत आवको यही अवधिमा ३ करोड ७० लाख ४९ हजार रहेको खुद ब्याज आम्दानी यो वर्ष ५ करोड ८२ लाख ४६ हजार पुर्याउन सफल भएको छ । यस्तै, संस्थाले सञ्चालन नाफा ४ करोड १२ लाख ५४ हजार रुपैयाँ पुर्याएको छ । 
कम्पनीले ५० करोड ८३ लाख ७ हजार निक्षेप संकलन गरी १ अर्ब ४६ करोड ९६ लाख ९७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ७ करोड ५५ लाख ४६ हजार रुपैयाँ रहेको छ । संस्थाको खराब कर्जा ०.७३% रहेको छ भने प्रतिसेयर आम्दानी ५१ रुपैयाँ ९४ पैसा र प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ७३ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: