×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

वर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको खुद नाफा ९०.४४% गिरावट, यस्तो छ घट्नुका कारण

काठमाडौं – वर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरण सार्वजनिक भएको छ। सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा ९०.४४% घटेको छ। गत वर्ष ३ करोड ४० लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले यस वर्ष ३२ लाख ६० हजार रुपैयाँमा सीमित भएको छ । 
संस्थाको खुद ब्याज आम्दानी ९०.१२% ले घटेर २६ लाख रुपैयाँमा सीमित भएको छ भने सञ्चालन नोक्सान ३ करोड २६ लाख ८६ हजार रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी र सञ्चाल नाफामा गिरावट आएको कारणले खुद नाफा पनि घटेको हो। 
कम्पनीको निक्षेप संकलन ७ करोड ४४ लाखमा रहेको छ भने कर्जा लगानी १७ करोड ७९ लाखमा आएको छ । हाल कम्पनीको चुक्ता पुँजी २६ करोड ५६ लाख ७४ हजार रुपैयाँ रहेको छ । 
यता, कम्पनीको खराब कर्जा अनुपात १००% रहेको छ । यसको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ५८ पैसा र प्रतिसेयर नेटवर्थ १३ रुपैयाँ ४३ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: