×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अर्घाखाँची सिमेन्टको चुनढुंगा कम्पनी पनि नियम विपरित चलेको खुलासा, विभागले दियो यस्तो निर्देशन (पत्रसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – पछिल्लो समय थुप्रै पटक गुणस्तरहीन प्रमाणित भएको सीमेन्ट अर्घाखाँची सीमेन्टको चुनढुंगा उत्पादन कम्पनी सिद्धार्थ मिनारल्स प्रालिमा पनि खानी तथा भूगर्भ विभागले थुप्रै कैफियत भेट्टाएको छ । अर्थ सरोकारले निरन्तर अर्घाखाँची सिमेन्टका कर्तुतहरुबारे समाचार प्रकाशन गरेपछि अनुगमन टोलीले उक्त खानीमा अनुगमन गर्दा कैफियत भेट्टाएको हो । व्यवसायी पशुपति मुरारका सञ्चालक रहेको सिद्धार्थ मिनरल्सलाई खानी विभागले अनुमतिभन्दा बढी चुनढुंगा उत्खनन नगर्न चेतावनीसहित निर्देशन दिएको हो । पत्र सख्या ०७५/०७६/१७२ तथा चलानी नम्बर ३२३ रहेको पत्रमा खानी विभागद्धारा सिद्धार्थ मिनरल्सलाई १० वटा निर्देशन दिएको छ । 

यस्ता छन् निर्देशनहरु :
१) विभागले तोके अनुसारको ५ फिट अग्लो र एक आपसमा देखिने गरि सिमाङ्कन गर्ने र विभागको निर्देशन पेश गर्ने ।
२) स्वीकृत माईनिङ्ग स्कीम अनुसारको क्षमता अनुसार दैनिक उत्पादन गर्ने ।
३) खानी खतराको अंकित चिन्ह राख्ने ।
४) खानीमा उईङ्गिङ मेसिन राख्ने ।
५) खानीलाई माईन प्लान अनुसारको विकास गर्ने ।
६) स्वकृत भित्र मात्र उत्खनन गर्ने ।
७) खानी एरियामा खानीको बोर्ड विभागीय फरम्याटमा राख्ने ।
८) खानीमा drinage and silation को व्यवस्था गर्ने ।
९) वातावरण संरक्षण कार्यलाई निरन्तरता दिने ।
१०) mine waste को उचित व्यवस्थापन गर्ने ।
यसअघि अर्घाखाँची सिमेन्ट ३ पटक गुणस्तरहीन प्रमाणित भइसकेको छ । तर जति पटक गुणस्तरहीन प्रमाणित हुँदा पनि सिमेन्ट उद्योगले जनता र स्थानीय प्रसासनको आँखामा छारो हालेर सिमेन्ट विक्री गरिरहेको छ ।
हेर्नुहोस्, अर्घाखाँची सिमेन्टबारे अर्थ सरोकारले गरेको निरन्तरको फलोअप :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: