×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अरुणकुमार साह उर्फ ‘कमरेड अनिल’, जो जनयुद्धताका बैंकको १६ हजार कब्जा गर्दा ४९ महिना जेल परे !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १५ माघ २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

अरुणकुमार साह उर्फ ‘कमरेड अनिल’, जो जनयुद्धताका बैंकको १६ हजार कब्जा गर्दा ४९ महिना जेल परे !

तस्विर सौजन्य : मनोहर 

  • अर्थ सरोकार सम्बाददाता 
राजविराज- बि.सं.२०५९ सालमा तत्कालीन माओवादी शसस्त्र-युद्धका बेला सप्तरीको नकटी रायपुर गाविसस्थित स्वावलम्बन विकास बैंक लुटेको आरोपमा सप्तरी जिल्ला अदालतले सजाय सुनाएइका ‘अनिल’ भनिने अरुणकुमार साह थुना मुक्त हुँदा उनको भव्य स्वागत गरिएको छ । तत्कालीन स्वावलम्बन बिकास बैंकको १६ हजार रुपैयाँ लुटेको प्रमाणित भएपछि  २०७१ सालमा उनलाई ४९ महिना १५ दिनको जेल सजाय तोकिएको थियो थियो । दुई वर्ष आठ महिना जेल सजाय भुक्तान गरेर उनी अहिले जेलमुक्त भएका छन् । 
उनी तत्कालीन माओवादी पार्टी परित्याग गरी बाबुराम भट्टराइको नयाँ शक्तिमा प्रवेश गरेपछी ०७३ जेठ २३ गते पक्राउ परी कारगारमा थुनिएका थिए । जनयुद्धकालका मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत सल्ट्याउनु पर्नेमा साहको मुद्दालाई ओझेलमा पारी कैद गरिएको भन्दै साहले असन्तुष्टि जनाउँदै आएका थिए । अहिलेपनि उनले आफुलाई युद्धकालीन मुद्धामा दु:ख दिएको गुनासो पोखिरहेका छन् । 
उनी जेलमुक्त हुँदा उनको भव्य स्वागत भएको छ । तत्कालीन माओवादीका नेता, नयाँ शक्तिका नेता र कार्यकर्ताहरु उनको स्वागत गर्न पुगेका थिए ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: