×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सरकारले बिदा दिने, अफिसले नदिने ? बैंकर भन्छन्, ‘हामीचाहीं यो देशका नागरिक होइनौं र ?’

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – बैंकर मधुकर पौडेल (नाम परिवर्तन) एक बैंकर । उनलाई विहानै बुबाको प्रश्न आयो, ‘आज त अफिस बिदा होला नि !’ उनको सहज उत्तर थियो, ‘छैन ।’ बुबाले फेरी सोधे, ‘आज त प्रदेश सरकारले बिदा दिएको छ त । आज त शहिद दिवस हो त ।’ उनीसँग त्यसको तार्किक जवाफ थिएन । किनकि प्रदेश सरकारले बिदा दिएको पनि हो । र आज शहिद दिवस पनि हो । तर अफिस खुल्ला छ । बैंक बन्द नहुने जानकारी हिजो नै थियो । र आज कार्यालय जानु छ । त्यसपछि उनले अर्थ सरोकारका सम्पादकको मेसेन्जरमा मेसेज पठाए, ‘हाम्रो यो पीडाबारे पनि लेखिदिनु पर्यो ।’
एक बैंकको भक्तपुरस्थित शाखामा काम गर्ने अर्की एक महिला बैंकरलाई एकाविहानै रिसले पारा छुट्यो । विहानै आफ्नो बैंकले बैंकको फेसबुकपेजमा शहिद दिवसको शुभकामना भनेर पोष्ट गरेको रहेछ । अघिल्लो दिन अर्थात माघ १५ गते हामीलाई शहिद दिवस छैन, अफिस आउनुपर्छ भनेर हाकिमले भनेको याद आयो उनलाई ।माथि उल्लेखित दुइपात्र त प्रतिनिधि उदाहारण मात्र हुन् । आज सार्वजनिक विदाको दिन पनि कार्यालय खुला छ र भनेर प्रदेश नम्बर ३ को प्रदेश सरकारले जारी गरेको सूचनापनि उनीहरुको मेसेन्जर र भाइबरमा आइरहेको छ । तर के गर्नु ? कार्यालय जानु नै छ । 
कुरा बिदाको मात्र होइन शहिदको सम्मानको पनि हो 
यो प्रदेश नम्बर ३ को सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जारी गरेको सूचना हो । सूचनामा माघ १६ गते बुधबार शहीद दिवसको दिन प्रदेश भर सार्वजनिक विदा दिने घोषणा गरिएको छ । प्रदेश नम्बर ३ अन्तर्गतका कुनै पनि बैंक तथा वित्तीय संस्था आज बन्द छैनन् । प्रदेश सरकारको कार्यालयमा सार्वजनिक बिदा भनिएपछि बैंक तथा वित्तीय संस्था पनि बिदा हुनुपर्ने हो । नेपाल राष्ट्र बैंकसँगको संयोजन गरेर बैंकरहरुलाई बिदा दिनुपर्ने हो । वा नेपाल राष्ट्र बैंकले यस विषयमा बिदा हुने कि नहुने भनेर स्पष्ट बोल्नुपर्ने हो । तर प्रदेश सरकार बिदा दिने र बैंकरहरु अफिस जानुपर्ने बाध्यताले कतै उनीहरुले सरकारप्रति अविश्वास राख्ने त होइनन् वा आफुलाई अनागरिक महसुस गर्ने त होइनन् भन्ने प्रश्न उठेको छ । 
बैंकका सीइओहरु भन्छन्, ‘हामीलाई त राष्ट्र बैंक नै प्रदेश सरकार, राष्ट्र बैंक नै केन्द्रीय सरकार’
यस विषयमा बुझ्न हामीले बुधबार विहानै केहि बैंकका सीइओहरुलाई फोन गरेका थियौं । आजको विदाबारे सोध्दा तीनै सीइओहरुको प्रतिक्रिया थियो, ‘आज बैंक खुला छ । राष्ट्र बैंकले बिदा भनेको छैन । त्यसैले बैंक बिदा छैन ।’ यसैबीचमा एक सीइओले कुरा बिदाको भन्दा पनि राष्ट्रियताको भएकाले राष्ट्र बैंक र प्रदेश सरकारबीच समन्वय हुनुपर्ने बताएका छन् । ‘हाम्रा लागि त राष्ट्र बैंक नै प्रदेश सरकार, राष्ट्र बैंकनै केन्द्रीय सरकार । उसले जे भन्छ त्यहि मान्ने हो । आज बिदा भनेको छैन, अफिस जानै पर्यो । 
यता राष्ट्र बैंकका अधिकारीहरुको तर्क भने बेग्लै छ । आज बैंकहरुमात्र नभई अरु सरकारी कार्यालयहरु पनि खुला रहेको राष्ट्र बैंकका अधिकारीहरुको भनाइ छ । यस विषयमा बुझ्न राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेललाई फोन गर्दा भने उनको फोन व्यस्त देखियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: