×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कैलाश बिकास बैंकमा अर्को ‘ऋण-काण्ड’, कर्जा सूचना केन्द्रको कालोसूचीमा परेकालाई नियम मिचेर करोडौं ऋण !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – कर्जा सूचना केन्द्रबाट कालोसूचीमा परेका व्यक्तिलाई ऋण दिन नमिल्ने व्यवस्था मिचेर कैलाश बिकास बैंकले एक ऋणीलाई ऋण दिएको खुलासा भएको छ । कुमारी बैंकबाट करोडौं रुपैयाँ ऋण लिएर त्यसलाई नतिरेपछि कालोसूचीमा परेका व्यक्तिलाई कैलाश बिकास बैंकले ऋण दिएको खुलासा भएको हो । कुमारी बैंकमा कर्जा नतिरेर कालोसूचीमा हुँदाकै बखत बैंकले एक ऋणीलाई गत वर्षको कात्तिक महिनामा झण्डै एक करोड ५५ लाख रुपैयाँ कर्जा दिएको रहस्य बाहिर आएको हो ।
यसरी कालोसूचीमा परेर पनि ऋण लिने ऋणी हुन् रामेश्वर भट्टराई । उनको स्वामित्वमा रहेको मातृभूमि गार्मेन्ट, सुुकेधारको नाममा यसरी ऋण लिएको खुलेको हो । बैंकका सीइओ अमृतचरण श्रेष्ठको निर्देशनमा कर्जा सूचना केन्द्रबाट अपडेट नै नलिइ यसरी ऋण दिइएको बैंक स्रोतको दावी छ । यसो त उनले अर्को एक सहकारीबाट पनि ऋण लिएको खुलेको छ । तर नियमत: एउटा बैंकमा ऋण लिएर ऋण नतिरेको व्यक्ति कालोसूचीमा परेपछि अर्को बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन- दिन नपाइने व्यवस्था छ । यस विषयमा बुझ्न हामीले बैंकका सूचना अधिकारी प्रकृति राज तिमिल्सीनालाई सम्पर्क गरेका थियौं । तर उनले हाम्रो फोन नै उठाएनन् । 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: