×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कालिका लघुवित्त वित्तीय संस्थाको काण्ड नम्बर ३ : व्यापक चलखेल गरेर १५ दिनमा ३६४ रुपैयाँ सेयरको मूल्य बढाइयो…!

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- गैरकानुनी बिलबाट भुक्तानी गरेको प्रकरण, र नियम विपरित कुनै बैंकमा डिपोजिट गरेको प्रकरण सेलाउन नपाउंदै कालिका लघुवित्तको अर्को काण्ड बाहिर आएको छ । ७५ प्रतिशत हकप्रद निश्कासनको प्रस्तावको विषयको सूचना चुहिएका कारण लघुवित्तको सेयर १४ दिनमा ४९.९८ प्रतिशतले बढेपछि यस्तो रहस्य बाहिर आएको हो ।
‘नेप्सेमै तथ्यांक हेर्न सकिन्छ । २०१८ डिसेम्बर १२ तारिखमा कम्पनीको सेयर मूल्य हेर्ने हो भने प्रतिकित्ता ७ सय ४० रुपैयाँ । त्यसपछि निछ । तर १४ दिनमा सेयरको मूल्य ११ सय ४ रुपैयाँ पुगेको छ । १५ दिनमै कम्पनीको सेयर मूल्य प्रतिकित्तामा रु. ३६४ ले बढेको छ।’ कम्पनीकै एक उच्च तहका कर्मचारीले अर्थ सरोकार डटकमसँग भने, ‘ लघुवित्तकै जिम्मेवार अधिकारीरुले यो सूचना बाहिर ल्याएका हुन् । आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ८ प्रतिशत मात्र बोनस सेयर दिने घोषणा गरेको कम्पनीको सेयर यसरी कसरी बढ्छ र ?’

यता कालिका लघुवित्त वित्तीय संस्थाले ७५% हकप्रद जारी गर्ने सूचना नेप्सेमा पठाएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको १६३ औँ बैठकले गत असार मसान्तसम्म कायम १० करोड रुपैयाँ चुक्ता पुँजीको ७५% हकप्रद जारी गर्ने निर्णय गरेको हो । हकप्रद जारी गर्ने प्रस्ताव आगामी वार्षिक साधारण सभामा लैजाने संस्थाले जनाएको छ ।

कालिकाले ८% बोनस सेयर दिने घोषणा गरिसकेको थियो । प्रस्ताव पनि आगामी वार्षिक साधारण सभामा पेश हुनेछ । कम्पनीको चुक्ता पुँजी १० करोड रुपियाँ रहेको छ । कम्पनीले १० करोड रुपैयाँ पुँजीकै ८% बोनस दिन लागेको हो । प्रस्तावित बोनस र हकप्रदपछि चुक्ता पुँजी १८ करोड ३० लाख रुपैयाँ पुग्नेछ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: