×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

देव: बिकास बैंकमा चरम वेथिति : ब्रान्च मेनेजर सरिनशंकर श्रेष्ठको मिलेमतोमा हुँदै नभएको गाडीलाई ३ करोड कर्जा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- पछिल्लो समय विभिन्न काण्डमा परिरहेको देव: बिकास बैंकमा चरम बेथिति भेटिएको छ । गाडीको नक्कली ब्लुबुकका आधारमा बैंककै कर्मचारीको मिलेमतोमा पौने ३ करोड ऋण दीइएको खुलासा भएसँगै यस्तो रहस्य बाहिर आएको हो । यसरी ऋण लिने र दिने गिरोहमा संलग्न ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रतिलिपी ब्लुबुकमा गलत विवरण भरी देव विकास बैंकमा धितो राखेर ११ जना ऋणीहरुको नाममा ऋण निकाल्न संलग्न मुख्य योजनाकार काभ्रेको भुम्लु गाउँपालिका १ का नारायणबहादुर श्रेष्ठसहित ८ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा भुम्लुकै बालकृष्ण श्रेष्ठ, चेतबहादुर श्रेष्ठ, विकास श्रेष्ठ, नवीन श्रेष्ठ, कृष्णबहादुर खत्री, नरेशमान सिंह अमात्य र देव विकास बैंकका तत्कालिन शाखा प्रबन्धक सरिन शंकर श्रेष्ठ रहेका छन् । उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले मंसिर २५ गतेदेखि विभिन्न मितिमा मोरङ, काभ्रे र काठमाडौं जिल्लाबाट पक्राउ गरेको सीआईबीका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिएका छन् ।
शाखा प्रबन्धककै मिलेमतो!
सीआईबीका अनुसार तत्कालिन शाखा प्रबन्धक सरिनशंकर श्रेष्ठले ऋण प्रवाहमा गर्दा आफ्नो कर्जा सीमा नाघी कर्जा स्वीकृत गरिएको छ । बैंकमा सवारी साधन धितो राखी ऋण लिने क्रममा प्रतिलिपी व्लु बकमा नक्कली डाटा तयार गर्नुका साथै आफु अनुकुलका विवरणहरु राखेर पेश गरेका थिए । त्यस्तै विभिन्न व्यक्तिहरुलाई ऋणी बनाई १६ वटा कर्जा फाईल तयार गरी उनीहरुले २ करोड ७१ लाख ७६ हजार रुपैयाँ ऋण निकालेका छन् । उनीहरुलाई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ तथा मुलुकी ऐनको सरकारी छाप दस्तखत कीर्ते कागजको महल बमोजिमको कसुरमा अनुसन्धान पूरा सीआईबीले सरकारी वकिल कार्यालय काठमाडौंमा पेश गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: