×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

यस्तो छ वाइड विमान प्रकरणमा सार्वजनिक लेखा समितिको औपचारिक निर्णय (समितिका सचिवको भिडियो बाइट)

डा. रोजनाथ पाण्डे, सचिव सार्वजनिक लेखा समिति
  • अर्थ सरोकार मल्टिमिडिया ब्यूरो 
सार्वजनिक लेखा समितिले वाईडवडी विमान खरिद अनियमिततामा मुख्य दोषी रहेको भन्दै नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई हदैसम्मको कारवाही गर्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । 
समितिले तात्कालिन पर्यटन सचिव हालका गृह सचिव प्रेम कुमार राईलाई सफाई दिएको छ । यसघि समिति अन्र्तगतको उपसमितिले विमान खरिद प्रक्रियाको सुरुवात राईबाट भएको भन्दै कारवाहीको सिफारिस गरेको थियो । प्रतिवदेनमाथिको छलफलको क्रममा राई संलग्न भएको भनिएको नेपाल वायुसेवा निगमबाट प्राप्त जानकारी नै गलत भेटिएपछि समितिले सचिव राईलाई कारवाहीको सिफारिस गर्नुपर्ने नदेखिएको भन्दै सफाई दिएको हो । समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका हालका सचिव कृष्ण प्रसाद देवकोटालाई विमान खरिद नियम संगत नभएको देखिएको अवस्थामा पनि अन्तिम किस्ता भुक्तानी गरेको भन्दै निलम्बन गरि अख्तियारको दुरुपयोग र भ्रष्टाचार गरेको सम्बन्धमा थप छानविन गरि हदैसम्मको दण्डसंजाय गर्न नेपाल सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । त्यसैगरी तत्कालिन पर्यटन सचिव शंकर प्रसाद अधिकारीलाई पनि हदै सम्मको दण्ड सँजायको निर्देशन दिईएको छ ।
मन्त्रीहरुको सवालमा भने समितिले अलि लचिलो हुदै नैतिक जिम्मेवारी र कानुनसम्मत कारवाहीको निर्देशन गरेको छ । वेरुजु फस्यौैट गर्ने मुख्य जिम्मा लेखा उत्तरदायी अधिकृतको हुने भएकाले समितिले वहालवाला पर्यटन मन्त्री रविन्द्र अधिकारी, पुर्व पर्यटनमन्त्रीहरु जीवन बहादुर शाही र जितेन्द्र नारायण देवलाई समान रुपमा नैतिक जिम्मेवारी लिदै कानुनी कारवाहीको निर्देशन दिएको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: