×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

यो ठण्डीमा रमाइलो गर्न जाने होइन त घुम्न ? पुस अन्तिम साता ‘चितवन महोत्सव’ हुँदै (भिडियो रिपोर्ट)


  • अर्थ सरोकार मल्टिमिडिया ब्यूरो 
चितवनको प्रर्दशनी मैदान नारायणी नदी किनारमा १२औं चितवन महोत्सव कार्यक्रम आयोजना गर्न लागिएको हो । चितवनको सामाजिक–आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यका साथ यस वर्ष पनि चितवन महोत्सव आयोजना गर्न लागिएको महोत्सव आयोजक समितिका संयोजक सहनलाल प्रधानले जानकारी दिए । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले पत्रकाहरुलाई महोत्सवको व्यापक प्रचारप्रसार गरि दिन पनि आग्रह गरे ।
प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्नु हुने सो महोत्सव माघ ४ गतेसम्म चल्नेछ । महोत्सवमा ५ सय ३० वटा स्टल रहनेछ । चितवनका स्थानीय उत्पादनलाई स्टलमा विशेष आकर्षणको रुपमा रहने पनि बताइएको छ । ५ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको सो महोत्सवमा २५ करोड बढिको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: